ऐतिहासिक सम्पदा संरक्षणबारे अन्तर्राष्ट्रिय सेमिनार


प्रकाशित मिति: २०७४-४-३०

राष्ट्रिय पुनर्निर्माणको मुख्य नेतृत्वमा ऐतिहासिक संरचना तथा स्मारकहरुको संरक्षणमा अपनाउनुपर्ने उपाय र प्रविधि आदानप्रदान गर्ने उद्देश्यले एक दिने अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । सेमिनार खासगरी भूकम्पले क्षति पु¥याएका काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरुको समस्या र संभावनामा बढी केन्द्रित रह्यो ।
कार्यक्रममा प्रमुख अतिथि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द राज पोखरेलले सम्पदाहरुको पुनर्निर्माण तथा संरक्षणका लागि जापानबाट सिक्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा पनि केहीको मत ऐतिहासिक सम्पदा भत्काएर नयाँ बनाउने भए पनि आफू यथासभव त्यसको संरक्षणको पक्षमा रहेको पनि बताउनुभयो ।
कार्यक्रममा पुरातत्व विभागको महानिर्देशक भेषनारायण दाहालले भूकम्पका कारण पुगेको क्षति, हालसम्म भएका पुनर्निर्माण र सम्पदा पुनिर्निमाणका क्रममा देखिएका समस्याबारे प्रस्तुतिकरण दिनुभएको थियो । त्यस्तै, ई. मनोहर राजभण्डारीले काष्ठमण्डपको डिजाइन एवं पुनर्निर्माणका रणनीति र प्रा. प्रेम नाथ मास्केले काठमाडौं उपत्यकाका सांस्कृति सम्पदाको क्षतिको प्राविधिक पक्ष एवं प्राप्त शिक्षाबारे बोल्नुभयो ।
सेमिनारमा जापानका प्राध्यापक तोसिकाजु भूकम्पले क्षति पु¥याएका सम्पदाको पुनर्निर्माणलाई पुनस्र्थापित गर्ने उपायहरु र हानाजातो, प्राध्यापक यासुसी निजुले भूकम्पको धक्का मापनविधिबारे प्रस्तुतिकरण दिनुभयो ।   
कार्यक्रममा प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने अर्को कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीले कार्यक्रमबाट यो क्षेत्रका अनुभव आदानप्रदान गर्ने अवसर भएको बताउनुभयो । कार्यक्रममा सांसद गंगालाल तुलाधर, डीयुडीविसीका महानिर्देशक ई. शिवहरि शर्माको पनि उपस्थिति थियो । कार्यक्रम प्राधिकरणका सहसचिव ई. राजुमान मानन्धरको अध्यक्षतामा भएको हो ।
जापानसँग भूकम्प, सुनामी, आगलागीबाट पटकपटक ध्वस्त भएका ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणको अनुभव भएकोले र सोहीअनुसार प्रविधिको पनि विकास गरेकोले नेपालो सम्पदा संरक्षणमा उसको अनुभव उपयोगी हुने प्राधिकरणको विश्वास छ ।
पुनर्निर्माण प्राधिकरणको आयोजनामा सम्पदा संरक्षण तथा पुनर्निर्माणसम्बन्धी आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय सेमिनार हो ।

Share on

समाचार तथा जानकारी

Twitter Feed