पुनर्निर्माण अपडेट
पौष २५
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तराईका बाढी पीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन न्यानो लुगा खरिदका लागि बितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब चार करोड ६ लाख ५० हजार रुपैयाको अख्तियारी दिएको छ ।
बाढीका कारण पुर्ण रुपमा घर क्षति भएका ४१ हजार ६ सय २६ घरधुरीलाई प्रति परिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार रुपैया बितरण गर्ने गरी प्राधिकरणले उक्त रकम गृह मन्त्रालयलाई आइतवार अख्तियारी दिएको प्राधिकरणका निमित्त सचिव यमलाल भूसालले जानकारी दिनुभयो ।
प्राधिकरण अन्र्तगतको बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना प्रमुख डा. सुमन कर्णले तराईमा अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहत स्वरुप घर मर्मत गर्न र न्यायो लुगा खरिदका लागि भोली देखी नै प्रभावित जिल्लाका जिल्ला बिपद् व्यवस्थापन समिति मार्फत रकम बितरणको प्रक्रिया शुरु गरिने बताउनुभयो ।
कर्णका अनुसार बाढीपछिको पुनस्र्थापना आवश्यकता आकंलन प्रतिवेदन अनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६ सय २६ घरधुरीलाई क्षति भएका घर निर्माण वापत भविष्यमा उपलव्ध गराइने अनुदानमा घटाई हिसाव मिलान गर्ने गरि रकम बितरण गर्न लागिएको हो ।
आयोजना प्रमुख कर्णले तराईमा राहत बितरणको कामलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल भइरहेको बताउनुभयो ।