पुनर्निर्माण अपडेट

प्राधिकरण जिल्ला प्रमुखहरुलाई तालिम

प्रकाशित मिति: २०७४-४-१०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले साउनको अन्तिम साताबाट सुरु गर्न लागेको छुट तथा पुनः जाँच सर्वेक्षणबारे प्राधिकरणका जिल्ला प्रमुखहरु तथा सहायकहरुलाई तालिम दिएको छ ।
अति प्रभावित १४ जिल्लामा लाभग्राही सूचीमा पर्न छुटेका तथा परे पनि लाभग्राही सूचीमा नपरेको भनी गुनासो गरेका घरधुरीको आगामी साउन अन्तिम सातादेखि हुने पुनः सर्भेक्षणका बारेमा प्राधिकरणले तालिम दिएको हो ।
प्राधिकरणले अति प्रभावित १४ जिल्लाका करिब १ लाख ३७ हजार गुनासोमाथि पुनः सर्वेक्षण गर्नेछ । त्यससका लागि ३ सय ६ जना इञ्जिनियर भूकम्पप्रभावित क्षेत्रमा खटिनेछन् । प्राधिकरणले ती गुनासो दसैँअघि पुनः सर्वेक्षण गरिसक्ने लक्ष्य लिएको छ ।
सबै जिल्ला प्रमुख तथा सहायकलाई तालिम दिएपछि प्राधिकरणले फिल्डमा खटिने इञ्जिनियरहरुलाई तालिम दिनेछ ।
तथ्यांक विभागको सहकार्यमा प्राधिकरणले संचालन गरेको तालिम कार्यक्रमको सोमबार प्राधिकरणका सचिव सर्वजितप्रसाद महतोले उद्घाटन गर्नुभएको हो ।

Share on

भिडियो ग्यालरी+ More

Twitter Feed