पुनर्निर्माण अपडेट

पुनर्निर्माणमा खटिएका इन्जिनियरलाई ट्याबलेट

प्रकाशित मिति: २०७४-११-१३

काठमाडौं, फागुन ११
भूकम्पपीडित लाभग्राहीले निर्माण गरेका घरको अनुगमन तथा अनुदान हस्तान्तरण प्रक्रियालाई सहज तुल्याउन भूकम्प प्रभावित जिल्लामा खटिएका इञ्जिनियरलाई २ सय ८४ थान ट्याबलेट (कम्प्युटर) उपलब्ध गराइएको छ । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको उपस्थितिमा सचिव मधु सुदन अधिकारीले शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक तपेन्द्रबहादुर खड्कालाई ट्याबलेट हस्तान्तरण गर्नु भयो ।
हस्तान्तरण कार्यक्रमपछि संक्षिप्त धारणा राख्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले ती ट्याबलेट भूकम्प प्रभावित १८ जिल्लाका इन्जिनियरलाई उपलब्ध गराइने जानकारी दिनु भयो । 
यी ट्याब्लेटको सहायताले भूकम्प प्रभावित जिल्लामा खटिएका इन्जिनियरलाई पहिलो किस्ता लिई घरको जग हालेका लाभग्राहीको प्रगति निरीक्षण गरी राहतको दोस्रो किस्ता उपलब्ध गराउने सिफारिसका लागि तस्बिरसहित तथ्यांक केन्द्रमा पठाउन सहयोग मिल्नेछ । 
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत भुसालले हालसम्म ९८ हजार घरको पुनर्निर्माण सम्पन्न भइसकेको र तीन लाख २४ हजार घरको पुनर्निर्माण भइरहेको जानकारी दिँदै चालु आर्थिक वर्षििभत्र साढे ४ लाख घर बनिसक्ने बताउनु भयो । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed