पुनर्निर्माण अपडेट

प्रधानमन्त्री ओलीद्वारा सिंहदरबारको उद्घाटन

प्रकाशित मिति: २०७७-११-३

 

काठमाडौं, फागुन ३
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न सिंहदरबारको प्रधानमन्त्री केपी शर्मा ओलीले उ्दघाटन गर्नुभएको छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुनः यही मूल भवनबाट संचालन भएको छ ।
उद्घाटनपछि सिंहदरबार परिसरमा आयोजित ‘सरकारका तीन वर्षः प्रमुख उपलब्धिहरु’ प्रेस विफ्रिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले सिंहदरबार पुनसंचालनमा आएकोमा पुनर्निर्माण प्राधिकरणलाई विशेष धन्यवाद दिनुभयो ।


 

साथै, उक्त अवसरमा प्रधानमन्त्री ओलीले निजी आवास, विद्यालय भवन, पुरातात्विक सम्पदा, स्वास्थ्य संस्थाका भवनहरु, सरकारी तथा सुरक्षा निकायका भवनहरुको तथ्यांक प्रस्तुत गर्दै पुनर्निर्माण भइरहेको धरहराको निर्माण कार्य यसै बर्ष पूरा हुने बताउनुभयो । उहाँले सिंहदरबारको पश्चिम मोहडा, वसन्तपुर दरबार क्षेत्र, बबहरमहल र केशरमहलजस्ता ठूला भवनहरुको प्रवलीकरण कार्य अन्तिम चरणमा पुगेको पनि उल्लेख गर्नुभयो ।
हालको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरुप अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहितका कार्यकक्ष तथा बैठक कक्षहरु निर्माण गरिएका छन् ।
पुनर्निर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडाहरु वि.सं. २०३० को आगलागीमा परेपछि वि.सं. २०३७ सालमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु प्रयोग गरी पुरानै स्वरुपमा पुनर्निर्माण गरिएका थिए ।


भवनलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन आपतकालीन तथा अग्नी नियन्त्रक संयन्त्रका अलावा कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकुलन प्रणाली जडान गरिएको छ । दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत् यी मोहडाको पुनर्निर्माणमा हालसम्म भ्याटबाहेक ८७ करोड रुपैयाँ खर्च भएको छ ।
निर्माण कम्पनी शर्मा(न्यू टेक्निकलले प्रथम चरणको काम गरेको हो भने शर्मा(माइक्रोटेक(न्यू टेक्निकल जे।भी. ले दोस्रो चरणको काम गरेको हो ।
आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्रीहरु प्रयोग गरी प्रवलीकरण भइरहेको छ । २०७६ असोज २७ बाट सुरु भएको पश्चिम मोहडाको पुनर्निर्माण कार्यको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । भ्याट बाहेक करिब ४६ करोड ८८ लाख रुपैयाँमा शर्मा(गौरी पार्वती(न्यू टेक्निकल जे. भी. ले प्रवलीकरण गरिरहेका छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप