पुनर्निर्माण अपडेट

सचिवको विदाई

प्रकाशित मिति: २०७८-२-११

काठमाडौं, जेठ ९
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाललाई आज संक्षिप्त कार्यक्रम आयोजना गरी बिदाई गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा सचिव गेलालले पु¥याउनुभएको योगदानका लागि धन्यवाद दिंदै आगामी कार्यकालका लागि शुभकामना दिनुभयो ।  
आफ्नो संक्षिप्त बिदाई मन्तव्य राख्दै सचिव गेलालले छोटो कार्यकालका बाबजुद भूकम्पपछिको पुनर्निर्माणजस्तो मानवीय अभियानमा योगदान गर्न पाएकोमा खुशी लागेको बताउनुभयो ।
सचिव गेलाल २०७७ फागुन १० गते प्राधिकरणमा सरुवा भई आउनुभएको थियो । सचिव गेलालको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा भएको हो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप