Severity: Warning
Message: fopen(/var/www/html/application/config/../sessions/ci_session43c54107007bb186375f62a0492aff1a70d717c3): failed to open stream: No space left on device
Filename: drivers/Session_files_driver.php
Line Number: 156
काठमाडौं, असाेज ४
प्राधिकरणद्वारा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणसम्बन्धी कार्यहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हस्तान्तरण गरिएको छ ।
प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले ती कार्यहरु मन्त्रालयका सचिव यादव प्रसाद कोइरालालाई हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका कार्यहरु मन्त्रालयअन्तर्गतको पुरातत्व विभागले गर्नेछ ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक सम्पदासम्बन्धी कार्यहरु हस्तान्तरण भए पनि प्राधिकरणले आफ्नो कार्यकालभरि आवश्यक समन्वय र सहजीकरण गरिरहने आश्वासन दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले हस्तान्तरण भएर आएका कार्यहरु समयमा सम्पन्न गर्न मन्त्रालय लागिपर्ने बताउँदै यसमा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणमा प्राधिकरणको अनुभव महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
पुरातत्व विभागले निर्माण सुरु नभएका १०० वर्षभन्दा पुराना गुम्वाहरुसमेत पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सम्बन्धी कार्यहरु गर्नेछ ।
यसअघि, गत भदौ ३० गते निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बाहरु तथा सडक एवं पुलहरुको कार्य सम्बन्धित निकायमा हस्तान्तरण गरिएको थियो ।
Severity: Warning
Message: rewind() expects parameter 1 to be resource, boolean given
Filename: drivers/Session_files_driver.php
Line Number: 188
Severity: Warning
Message: filesize(): stat failed for /var/www/html/application/config/../sessions/ci_session43c54107007bb186375f62a0492aff1a70d717c3
Filename: drivers/Session_files_driver.php
Line Number: 192