पुनर्निर्माण अपडेट

पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण

प्रकाशित मिति: २०७६-११-७

तानसेन, फागुन ७
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाल्पामा पुनर्निर्मित विद्यालयको उद्घाटन गर्नु भएको छ भने पुनर्निर्माण भइरहेका तीनवटा विद्यालय तथा अन्य तीनवटा मन्दिरको शिलान्यास गर्नुभएको छ ।  


प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले तानसेन–६ बर्तुङस्थित जनप्रिय माध्यमिक विद्यालय पुननिर्मित चार कोठे विद्यालय भवनको उद्घाटन गरी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नु भएको हो । करिब ६६ लाख ५४ हजार ९९ रुपैयाँमा पुनर्निर्मित भएको भवन पाएपछि विद्यालयका शिक्षक, विद्यार्थी एवं अभिभावकले खुशी व्यक्त गर्नुभयो ।
भवन उद्घाटनका लागि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नयाँ भवनले शिक्षाको क्षेत्रमा पाल्पाको गौरवपूर्ण विरासतलाई कायम राख्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
२ सय ४७ विद्यार्थी अध्ययनरत विद्यालयमा चार कोठाको नयाँ भवन थपिएपछि विद्यालयको पठनपाठन तथा विद्यार्थीको अध्ययन अभिरुचिमा अभिबृद्धि हुने विद्यालयका प्रधानाध्यापक हिरा आचार्यको विश्वास छ ।


यसैबीच, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पाल्पामा पुनर्निर्माण भइरहेका विभिन्न विद्यालयहरुको अवलोकन एवं निरीक्षण गर्नु भएको छ । उहाँले रिब्दीकोट–८, फेकस्थित ज्ञानमाला माध्यमिक विद्यालय, रैनाकोट छहरा–५, मुझुङस्थित कालिका माध्यमिक विद्यालय र रैनादेवी छहरा–९, मेहलढापस्थित श्री महाकाली माध्यमिक विद्यालयका पुनर्निर्माण भइरहेका भवनको स्थलगत अवलोकन गर्नु भएको हो ।  


जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) पाल्पाका आयोजना निर्देशक लक्ष्मण देवकोटाका अनुसार पाल्पाका ११४ विद्यालयमध्ये ४९ को पुनर्निर्माण सम्पन्न भइसकेको छ । त्यसैगरी अन्य ६५ विद्यालयको पुनर्निर्माण जारी छ जसमध्ये ५९ वटाको यसै आर्थिक वर्षभित्र पुनर्निर्माण सम्पन्न हुनेछ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप