पुनर्निर्माण अपडेट

सहयोगको सही सदुपयोग : भाइस प्रेसिडेन्ट स्याफर

प्रकाशित मिति: २०७६-६-१०

काभ्रेपलाञ्चोक, असोज १०
विश्व बैंकका दक्षिण एसिया क्षेत्रका भाइस प्रेसिडेन्ट हार्टविग स्याफरले पुनर्निर्माणमा विश्व बैंकले प्रदान गरेको सहयोगलाई सही सदुपयोग गरेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपाल सरकार लगायत समुदायलाई धन्यवाद दिनु भएको छ । 


भूकम्पपछिको पुनर्निर्माणमा विश्व बैंकले अनुदान तथा ऋण गरी करिव ५५ अर्ब रुपैयाँ (५ सय मिलियन अमेरिकी डलर) सहयोग गरेको छ ।  
काभ्रेको पनौती नगरपालिका बस्नेत गाउँमा आयोजित कार्यक्रममा उहाँले नेपाल सरकार लगायत विभिन्न संघसंस्थाहरुसँग मिलेर काम गरे पनि समुदायको सरोकारप्रति बैंकको सबैभन्दा बढी चासो रहेको बताउनुभयो । 


पुनर्निर्माणपछि नेपालमा सबै मिलेर काम गरेको पाएकोमा खुशी व्यक्ति गर्दै भाइस प्रेसिडेन्ट स्याफरले विश्व बैंकले प्रदान गरेको सहयोगबाट समुदायले बढीभन्दा बढी फाइदा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पुनर्निर्माण तथा जीवीकोपार्जन सम्बन्धी थप कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो । 


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायमध्ये विश्व बैंकको सबैभन्दा ठुलो सहयोग रहेको उल्लेख गर्दै सबैको सहयोगमा पुनर्निर्माण राम्रोसँग अघि बढेको बताउनुभयो । 
उहाँले सहुलियत दरमा ऋण प्रवाह गर्दै निजी आवास पुनर्निर्माण गरेका जनतालाई जीवीकोपार्जनका कार्यक्रममा सहभागी गराउनका लागि प्राधिकरणले थप पहल जारी राखेको बताउनुभयो । 


पनौती नगरपालकिाका उपप्रमुख गीता बञ्जराले बैंकबाट सहुलियत दरमा ऋण पाउन कठिनाइ रइरहेको भन्दै आय आर्जनका कार्यक्रममा सहयोग पुर्याउन आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा भाइस प्रेसिडेन्ट स्याफर र प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थानीयसँग अन्तरक्रिया गर्नु भएको थियो । सो अवसरमा स्थानीयबासीले घर पुनर्निर्माण गर्दाका अनुभव सुनाएका थिए । केहीले आर्थिक स्रोतको अभावमा घर पुनर्निर्माण गर्न समस्या परेको जानकारी पनि गराएका थिए । 


कार्यक्रमपछि भाइस प्रेसिडेन्ट स्याफर, प्रमुख कार्यकारी अधिकृत ज्ञवाली, नेपालका लागि विश्व बैंकका कन्ट्री मेनेजर फारिस एच हाडाड–जेर्भोस लगायतले पुनर्निर्माण हुँदै गरेको बालउद्धार माविको अवलोकन गर्नु भएको थियो । विद्यालयमा आयोजित कार्यक्रममा पनि उहाँहरु सहभागी हुनु भएको थियो । 
त्यसपछि धुलिखेलमा आयोजित समावेशी उद्यमशिलता सम्बन्धी कार्यक्रममा पनि भाइस प्रेसिडेन्ट स्याफर, प्रमुख कार्यकारी अधिकृत ज्ञवाली, कन्ट्री मेनेजर फारिस एच हाडाड( जेर्भोस लगायत सहभागी हुनु भएको थियो । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप