Severity: Warning
Message: fopen(/var/www/html/application/config/../sessions/ci_sessionb471baa6110d014a0d01a7974da3e5f16dcf6de3): failed to open stream: No space left on device
Filename: drivers/Session_files_driver.php
Line Number: 156
काठमाडौं, असोज ११
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारहरुको समेत संलग्नतामा पुनर्निर्माण कार्यमा सन्तोषजनक उपलब्धिहरु हासिल भएको निश्कर्ष निकालेको छ ।
आज सम्पन्न समितिको १० औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा सिकाईहरु संप्रेषण गर्न मंसिरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदारहरुबाट उच्च स्तरको सहभागिता रहने पनि निर्णय गरिएको छ ।
बैठकले विकास साझेदारहरुबाट पुनर्निर्माणका क्रममा भएको संलग्नताबाट प्राप्त उपलब्धिहरुलाई ग्रहणसमेत गरेको छ ।
कार्यक्रममा विश्व बैंक, एडिबी, युएनडिपी, जाइका, एफसिडिओ, युएसएआइडी, युनिसेफ, युएनओपिएस लगायतका विकास साझेदार निकायका नेपाल प्रमुख तथा प्रतिनिधिहरुले नेपालको पुनर्निर्माणमा आ–आफ्ना निकायको प्राविधिक तथा वित्तीय सहयोग तथा प्रगतिहरुको बारेमा धारणा राख्नुभएको थियो ।
एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउड काउचोइसले मन्तव्य राख्दै भूकम्पपछिको सफल पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि प्राधिकरणलाई बधाई दिनुभयो । काउचोइसले नेपालको उत्थानशीलतामा प्राधिकरणसँग सहकार्य गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै बाँकी रहेका कामहरु सम्बन्धित निकायमा हस्तान्तरणको प्रक्रिया सहज ढंगले हुने विश्वास व्यक्त गर्नु भयो ।
त्यस्तै, विश्व बैंकका बरिष्ठ विपद् जोखिम व्यवस्थापन विज्ञ कामरान अकबरले विपद् जोखिम न्यूनीकरण गरी उत्थानशील नेपाल निर्माणको उद्देश्यलाई विश्व बैंकको सहयोग निरन्तर रहने बताउँदै देशैभरिका विद्यालयहरुको संरचनात्मक सामथ्र्य अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहयोग गरेको जानकारी दिनुभयो ।
जाइकाकी कन्ट्री डाइरेक्टर युमिको आसुकुमाले जाइकाको सहयोग केवल भूकम्पपछिको भौतिक पुनर्निर्माणमा मात्र नभएर आगामी दिनमा आउनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि पनि भएको बताउँदै अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्नका लागि सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।
समितिका अध्यक्ष एवं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माणमा मित्र राष्ट्रहरु एवं विकास साझेदारहरुबाट प्रदान गरिएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग निरन्तर प्राप्त हुने अपेक्षा गर्नुभयो ।
अन्तर्राष्ट्रिय सम्मेलन आयोजनामा विकास साझेदार संस्थाहरुको संलग्नता र सहकार्यको ढाँचाबारे जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सम्मेलनमा उच्चस्तरको सहभागिताका लागि आग्रह गर्नुभयो ।
पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभवहरु अन्तर्राष्ट्रिय समुदायसामु बाँड्ने उद्देश्यले यही मंसिर २१-२३ मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले विपद् जोखिमबाट सुरक्षित नेपाल निर्माणका लागि भैरहेको विपद् उत्थानशील ढाँचाको तयारीबारे बैठकलाई जानकारी दिनुभएको थियो ।
यससम्बन्धि ढाँचालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित मन्त्रालय तथा निकायसँगको पृष्ठपोषणसहित अन्तिम रुप दिई आगामी सम्मेलनमा प्रस्तुत गर्ने सहमति पनि बैठकमा बनेको छ ।
कार्यक्रममा समितिका सदस्य–सचिव एवं प्राधिकरणका सचिव सुशिलचन्द्र तिवारीले सहभागिहरुलाई स्वागत गर्दै बैठकका एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो । प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तथा यसमा विकास साझेदारहरुबाट गरिएको अपेक्षाबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
प्राधिकरणका योजना तथा बजेट व्यवस्थापन महाशाखा प्रमुख सहसचिव भगवान अर्यालले पुनर्निर्माणमा हालसम्म प्राप्त उपलब्धिहरु, विकास साझेदारहरुबाट प्राप्त सहयोग तथा प्राधिकरणको बहिर्गमन योजनाबारे समितिलाई जानकारी गराउनु भयो ।
भौतिक उपस्थिति र भर्चुअल माध्यमको मिश्रित मोडलबाट आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।
विकास सहायताद्वारा सञ्चालित पुनर्निर्माणसम्बन्धी कार्यमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार एवम् नागरिक समाजका बीच आवश्यक समन्वय र सहजीकरण गर्ने/गराउने उद्देश्यले २०७३ कार्तिकमा समितिको गठन भएको हो ।
Severity: Warning
Message: rewind() expects parameter 1 to be resource, boolean given
Filename: drivers/Session_files_driver.php
Line Number: 188
Severity: Warning
Message: filesize(): stat failed for /var/www/html/application/config/../sessions/ci_sessionb471baa6110d014a0d01a7974da3e5f16dcf6de3
Filename: drivers/Session_files_driver.php
Line Number: 192