पुनर्निर्माण अपडेट

जापानी विज्ञद्वारा धैर्यका साथ पुनर्निर्माण गर्न सुझाव

प्रकाशित मिति: २०७६-८-५

काठमाडौंमंसिर २

पुनर्निर्माण र विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत जापानका विज्ञ  र सरोकारवालाहरुले धैर्यका साथ पुनर्निर्माणका काम अघि बढाउन सुझाव दिएका छन् । जापान भ्रमणमा रहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र कार्यकारी सदस्य डा. हरिराम पराजुलीसँग कुरा गर्दै उनीहरुले अनुसन्धान र योजनासहित गरिएको पुनर्निर्माण पहिलेको भन्दा अझ राम्रो र दीगो हुने बताएका हुन् ।

जाइका कान्साइ सेन्टरका डाइरेक्टर जनरल यासुको निशीनो,  युनिभर्सिटी अफ ह्योगोका रिसर्च प्रोफेसर युइची होन्जोडिजास्टर रिडक्सन लर्निङ सेन्टरका डाइरेक्टर टाकुसावुरो यानोटोकियो नेशनल रिसर्च इन्स्टिच्यूट फर कल्चरल प्रपर्टिजका डाइरेक्टर मासाहिको टोमोडाटोहोकु युनिभर्सिटीका इन्टरनेशनल रिसर्च अफ डिजास्टर साइन्सका असिस्टेन्ट प्रोफेसर नाटसुको चुवाची लगायतले विपद्पछिको पुनर्निर्माणमा ढिला गर्न नहुने तर सबै पक्षलाई बुझेर योजनासहित काम गर्दा मात्र पुनर्निर्माण दीगो र व्यवस्थित हुने बताउनु भएको हो ।उहाँहरुले पुनर्निर्माणसँगसँगै आगामी दिनमा हुन सक्ने विपद् न्यूनीकरणमा पनि जोड दिन सुझाव दिनु भयो ।

जापान भ्रमणमा बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवाली र कार्यसमिति सदस्य पराजुलीले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का वरिष्ठ उपाध्यक्ष जुनची यामदा र दक्षिण पूर्वी एसियाका डाइरेक्टर जनरल सोहेइ हारासँग भेट गर्नु भयो । जापानले सहयोग गरेकामध्ये निजी आवासमा ९० प्रतिशत र विद्यालयमा ५० प्रतिशत काम सम्पन्न भइसकेको र नेपालको पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै उहाँहरुले नेपालको प्रशंसा गर्नु भयो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त प्रतिबद्धताको बाँकी रकम उपलब्ध गराउन आग्रह गर्नुका साथै दीर्घकालीन विपद् व्यवस्थापनका क्षेत्रमा थप सहयोग गर्न आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय सम्मेलनमा जापानले २६ अर्ब रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकोमा हालसम्म २४ अर्ब रुपैयाँको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालमा अर्थक्वेक म्युजियम र इन्टरनेशनल डिजास्टर म्यानेजमेन्ट रिसर्च सेन्टर स्थापनाका लागि पनि सहयोग गर्न अग्रह गर्नु भयो ।

 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले  सन् १९९५ मा भूकम्पबाट क्षति पुगेको कोवे शहरमा डिजास्टर रिडक्सन लर्निङ सेन्टरको अवलोकन गर्नु भयो । उहाँले विपद् व्यवस्थापनको तयारी सम्बन्धी तालिममा नेपालका लागि थप कोटा उपलब्ध गराउन आग्रह गर्नु भयो । डिजास्टर रिडक्सन लर्निङ सेन्टरका डाइरेक्टर टाकुसावुरो यानोले आगामी दिनमा नेपाललाई विशेष प्राथिमकता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको भयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कोवे शहरमा रहेका अर्थक्वेक म्यूजियम, विपद् व्यवस्थापन सम्बन्धी तयारी,  सिटी प्लानिङपूर्वाधार तथा शहरी पुनर्निर्माणको अवलोकन गर्नु भयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सन् २०११ को सुनामीबाट प्रभावित सेन्डाई शहर पुगी त्यहाँ भएको क्षतिबस्ती स्थानान्तरण, नयाँ शहरको विकास र आगामी दिनमा सुनामीबाट जोगिन गरिएको तयारीबारे जानकारी लिनुका साथै अवलोकन गर्नु भयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले हिगासी–माट्सुसिमा सिटीमा मेयर इवाओ अटसुमीडेपुटी मेयर सु ओयामाऽ रिकभरी पोलिसी डिभिजनका प्रमुख टाकाफुमी कावागुचीस्थानीय समुदाय लगायतसँग पुनर्निर्माण र विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गर्नुभयो ।

सेन्डाइ शहरमा आयोजित विपद् जोखिम व्यवस्थापन सम्बन्धी विश्व सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति गर्नु भयो । त्यसपछि उहाँले टोहोकु युनिभर्सिटीका इन्टरनेशनल रिसर्च अफ डिजास्टर साइन्सका एसिस्टेन्ट प्रोफेसर नाटसुको चुवाची लगायतसँग विपद् व्यवस्थापनबारे छलफल गर्नु भयो । प्राध्यापक तथा विज्ञहरुले विपद् व्यवस्थापन र पुनर्निर्माणमा आफूहरुले हासिल गरेको ज्ञान नेपाललाई बाँढ्न इच्छुक रहेको बताएका थिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली र कार्यकारी सदस्य डापराजुलीले २०७६ साल कार्तिक २० देखि २६ गतेसम्म जापानको भ्रमण गर्नु भएको थियो । भ्रमणका क्रममा उहाँहरुले सम्पदा पुनर्निर्माणको पनि अवलोकन गर्नु भएको थियो । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप