पुनर्निर्माण अपडेट

पुनर्निर्माणमा असाधारण प्रगतिः प्रधानमन्त्री

प्रकाशित मिति: २०७६-१०-१५

काठमाडौं, माघ १५

सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणमा असाधारण ढंगले प्रगति भएको बताउनुभएको छ ।
आजदेखि काठमाडौंमा सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार बनेपछि पुनर्निर्माणले व्यापक तिव्रता लिएको बताउनुभएको हो ।
उहाँले आफ्नो सम्बोधनमा भन्नुभयोः
“भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत यो सरकार गठन हुनुपूर्व ९७ हजार ८१३ निजी आवासका निर्माण सम्पन्न भएकोमा अहिले ४ लाख ८२ हजार ३२३ निजी आवास सम्पन्न भएका छन् । अहिलेको सरकार गठन हुनुपूर्व जोखिमयुक्त बस्तीमा रहेका ४ हजार ८२९ जना लाभग्राहीहरुमध्ये जम्मा चार जना लाभग्राहीलाई मात्र दुई लाख दिइएकोमा अहिले २ हजार ७९४ लाभग्राहीले त्यस्तो लाभ प्राप्त गरेका छन् ।
भूकम्पबाट अति प्रभावित १४ जिल्लाका क्षति भएका ७५३ पुरातात्विक सम्पदाहरुमध्ये (यो सरकार) पहिले ८० वटाको पुनर्निर्माण भएकोमा हाल ३८७ सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको छ । सुरक्षा निकायका ३८३ भवनहरुमध्ये ४४ को मात्रै काम सम्पन्न भएको थियो तर अहिले १९४ को काम सम्पन्न भएको छ ।
यो सरकार बनिकन सुरु गरिएको धरहराको पुनर्निर्माणको प्रगति बाटोमा हिंड्दा पनि देख्नसक्नु हुन्छ, आज छैठौं तला ढलान हुँदैछ । बाहिरबाट आँखाले देख्न सकिनेगरी प्रगति भएको छ । रानीपोखरी पुनर्निर्माणको काम मुख्य रुपमा सम्पन्न भएको छ । अब छिट्टै त्यसलाई उद्घाटनको बिन्दुमा पुर्याइन्छ ।”

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप