पुनर्निर्माण अपडेट

नेपाली सेनाका भौतिक संरचना पुनर्निर्माणबारे छलफल

प्रकाशित मिति: २०७५-७-७

काठमाडौं, कार्तिक ७

नेपाली सेनाको क्षतिग्रस्त जंगी अड्डालगायतका संरचनाहरुको पुनर्निर्माणको पछिल्लो स्थितिबारे प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँडसँग छलफल गर्नु भएको छ । 

प्राधिकरणमा भएको छलफलमा उपरथी खाँडले जंगी अड्डा भवनको आगामी सेना दिवसमा उद्घाटन गर्नेगरी काम भइरहेको जानकारी दिनु भयो । उहाँले बहुवर्षीय योजनाअनुसार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, सैनिक प्रहरी गण, भैरवनाथ गण रहेको लक्ष्मी निवास, गणेशदल गणमा काम जारी रहेको पनि बताउनु भयो ।

छलफलका क्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको उद्दार, राहत र पुनस्र्थापना एवं पुनर्निर्माणमा सेनाले खेलेको भूमिकाको प्रसंशा गर्दै नेपाली सेनाका भौतिक संरचना पुनर्निर्माणमा प्राधिकरण सदैव सकरात्मक भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, “आगामी दिनमा विपद् व्यवस्थापन तथा पुनस्र्थापनामा पनि भूमिका खेल्नुपर्ने यस संस्थाका संरचना बहुप्रकोपीय विपद्प्रतिरोधी बनाउन प्राधिकरणको यथोचित सहयोग रहनेछ ।”

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बाँकी रहेका संरचनाको पुनर्निर्माण पनि समयमै सम्पन्न गर्नेगरी अघि बढ्न आग्रह गर्दै पुनर्निर्माणका क्रममा पारदर्शिता कायम राख्न आग्रह पनि गर्नु भयो । 

छलफलमा उपरथी खाँडले जंगी अड्डाको ९६ प्रतिशत काम सम्पन्न भएको र आवश्यक बजेट उपलब्ध भए आगामी फागुनमा सेना दिवसको अवसरमा उद्घाटन गर्न सकिने बताउनु भयो ।

उहाँले भूकम्पबाट क्षतिग्रस्त भएका नेपाली सेनामातहतका कूल १ हजार १ सय ९ संरचनामध्ये ६९७ को मर्मत सम्भार तथा प्रवलीकरण गरिएको र अन्य ५५ वटाको निर्माण सम्पन्न भएको जानकारी पनि दिनु भयो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप