पुनर्निर्माण अपडेट

प्रधानमन्त्री ओलीद्वारा केशर महलको अवलोकन

प्रकाशित मिति: २०७६-११-१३

काठमाडौंफागुन १३

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गर्नु भएको छ ।

सो अवसरमा उहाँले केशर महलको ऐतिहासिक र साँस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गर्नुभयो । पुस्तकालयको अवलोकनपछि उहाँले आगन्तुक पुस्तिकामा 'केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं' भन्ने लेख्नु भएको छ ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले केशर महललाई पहिलेकै स्वरुप कायम गर्ने गरी प्रवलीकरण गर्ने र राष्ट्रिय स्तरको कला केन्द्रका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो ।

५९ करोड ५० लाख रुपैयाँको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मंसीरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप