पुनर्निर्माण अपडेट

बुढानिलकण्ठ धर्मशालाको शिलान्यास

प्रकाशित मिति: २०७७-११-२८

काठमाडौं, फागुन २७
भारत सरकारको अनुदान सहयोगमा काठमाडौं बुढानिलकण्ठ मन्दिर परिसरमा पुनर्निर्माण हुने धर्मशालाको शिलान्यास भएको छ ।
सो धर्मशालाको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धर्मशाला पुनर्निर्माणको शिलान्यास गर्नुभएको हो ।


 

सो अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्या सी खम्पाको विशेष उपस्थिति थियो ।
धर्मशालाको बालकोट आरआर जेभीले ३ करोड ३४ लाख १ हजार ४०४ रुपैयाँमा पुनर्निर्माण गर्दैछ । १८ महिनामा सम्पन्न गर्ने अवधि तोकिएको छ ।
यो धर्मशालाको पुनर्निर्माण भारत सरकारको करिब ५ अर्ब ८० करोड रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित २८ वटा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनस्र्थापना परियोजनामध्ये तेस्रो हो ।


 

यस धर्मशालाको निर्माणले मन्दिरमा आउने तीर्थयात्री तथा पर्यटकको भ्रमणलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय कार्यान्वयन कार्यान्वयन इकाई (भवन) ले परियोजनाहरुको कार्यान्वयन गर्छ ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप