पुनर्निर्माण अपडेट

पुनर्निर्माणका परियोजनाहरुलाई सक्रियताका साथ अगाडि बढाउँदैछौं ः चीनका राष्ट्रपति सी

प्रकाशित मिति: २०७६-६-२८

काठमाडौं, असोज २६
नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पपश्चात्को पुनर्निर्माणमा चिनियाँ परियोजनाहरुलाई सक्रियताका साथ अघि बढाइरहेको बताउनु भएको छ ।
असोज २५ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै राष्ट्रपति सिले भन्नुभयो–‘भूकम्पपश्चात्को परियोजनाहरुलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं ।’
सो अवसरमा आफ्नो मन्तव्य दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले भन्नुभयो, “भूकम्पपश्चात्को पुनर्निर्माणमा चीनले पु¥याएको उदार सहयोगको हामी उच्च प्रशंसा गर्दछौँ ।”
त्यसअघि आफ्नो भ्रमणपूर्व नेपालका केही दैनिक पत्रपत्रिकालाई उपलब्ध गराइएको आफ्नो विशेष आलेखमा पनि राष्ट्रपति सीले नेपालको पुनर्निर्माणमा चिनियाँ सहयोगबारे उल्लेख गर्दै सहयोगलाई निरन्रता दिने र नेपाली जनताको जीवनस्तर उकास्न सकेसम्म सहयोग प्रदान गर्ने बताउनुभएको थियो ।
राष्ट्रपति सीले उक्त आलेखमा लेख्नुभएको छ, “सन् २००८ मा चीनको सछ्वान प्रान्तको वेनछ्वानमा विनाशकारी भूकम्प गएपछि नेपाली सरकार र नेपाली जनताले सक्रियताका साथ पैसा र सामग्रीहरू प्रदान गरी चीनको भूकम्प राहत कार्यमा सहयोग पुर्याएका थिए । त्यसैगरी सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि चिनियाँ सरकार र जनताले तुरुन्तै ठूलो मात्रामा उद्धार कार्य प्रारम्भ गरी भूकम्पपश्चात्को पुनर्निर्माणमा पनि सहयोग पुर्याएका थिए । यी चीन र नेपालबीच रहँदै आएको भाइचाराका उत्कृष्ट उदाहरण हुन् ।”चीनले भूकम्पलगत्तैको खोजी, उद्वार तथा राहतमा उल्लेखनीय सहयोग गरेको थियो । पुनर्निर्माणका क्रममा चीनको सहयोगमा दरबार हाइस्कूल, तातोपानी नाका, बसन्तपुरको नौ तले दरबार, नुवाकोटको सात तले दरबार, दशरथ रंगशालाको ट्रयाक लगायत पुनर्निर्माणका २५ वटा परियोजना सञ्चालनमा छन् ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप