A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/www/html/application/config/../sessions/ci_session1dd6b18c2ddb47bd1e5f35fc6fe382db37e3d98f): failed to open stream: No space left on device

Filename: drivers/Session_files_driver.php

Line Number: 156

दोलखाबाट पुनर्निर्माण सम्पन्न भएको घोषणा
 
पुनर्निर्माण अपडेट

दोलखाबाट पुनर्निर्माण सम्पन्न भएको घोषणा

प्रकाशित मिति: २०७८-६-१

दोलखा, असोज १

२०७२ साल वैशाखको भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीसँग अनुदान सम्झौता गर्न सुरु गरिएको दोलखाको सिंगटीबाट नै पुनर्निर्माण सम्पन्न भएको घोषणा गरिएको छ । २०७८ साल असोज १ गते सिंगटीमा आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माण सम्पन्न भएको घोषणा गर्नु भएको हो ।

२०७२ साल फागुन ३० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली सहितको टोली सिंगटी पुगी लाभग्राही जगतबहादुर खत्रीसँग अनुदान सम्झौता गरेको थियो । त्यसपछि अनुदान सम्झौतालाई भूकम्प प्रभावित अरु जिल्लाहरुमा तीव्रता दिइएको थियो ।

दोलखा जिल्लामा ६६ हजार २ सय ६१ निजी आवासको पुनर्निर्माण सम्पन्न भइसकेको छ । अनुदान सम्झौता भएकामध्ये यो ९६ प्रतिशत प्रगति हो । निजी आवास पुनर्निर्माणतर्फ २० अर्ब ३१ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अनुदान सम्झौता सुरु भएको ठाउँबाट पुनर्निर्माण सम्पन्न भएको घोषणा गर्दा खुशी लागेको बताउनुभयो । उहाँले किस्ता अनुसार अनुदान दिने व्यवस्था मिलाएको परिणामस्वरुप नै सुरक्षित निजी आवास बनेको धारणा व्यक्त गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणले सुरक्षित नेपाल बनाउने अभियान सम्भव छ भन्ने सन्देश दिएको बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) दोलखाका प्रमुख इन्जिनियर अर्जुन तामाङले सुरुका दिनमा व्यापक समस्या भए पनि सबैको साथ र सहयोगले दोलखामा पुनर्निर्माण सफल भएको र धेरै वर्षसम्म गर्व गर्न लायक संरचना निर्माण भएको बताउनुभयो ।

बिगु गाउँपालिकाका उपाध्यक्ष संजीव वलीले भूकम्पबाट क्षति भएपछिको कहालीलाग्दो अवस्था हेर्दा यति छिटो पुनर्निर्माण होला भन्ने नलागे पनि सबैको साथमा निजी आवास, विद्यालय, स्वास्थ्य चौकी, सडक, पुरातात्विक सम्पदा पुनर्निर्माण भएको बताउनुभयो । उहाँले पूर्वाधारसँग सेवा तथा सुविधाको गुणस्तरमा धेरै सुधार आएको भन्दै पुनर्निर्माणमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठकले भूकम्प पीडित जनता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको भूमिका प्रभावकारी भएकै कारण बलियो घरभित्र बस्न सफल भएको बताउनुभयो । उहाँले सहयोग गरी पुनर्निर्माणलाई सफल पारेकोमा सरकार, दातृ निकाय,  राजनीतिक दल,  गैरसरकारी संस्था, जनता लगायतलाई धन्यवाद दिनुभयो ।

भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले ९० प्रतिशत भन्दामाथि निजी आवास पुनर्निर्माण हुनु भनेको पुनर्निर्माण असाध्य सफल हुनु हो भन्दै पुनर्निर्माणले भौतिक पूर्वाधारका साथ साथै दक्ष जनशक्ति उत्पादन, जीवीकोपार्जनमा सहयोग, विपद्बारे जनचेतना जगाउने लगायतमा सहयोग पुगेको धारणा व्यक्त गर्नु भएको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप

A PHP Error was encountered

Severity: Warning

Message: rewind() expects parameter 1 to be resource, boolean given

Filename: drivers/Session_files_driver.php

Line Number: 188

A PHP Error was encountered

Severity: Warning

Message: filesize(): stat failed for /var/www/html/application/config/../sessions/ci_session1dd6b18c2ddb47bd1e5f35fc6fe382db37e3d98f

Filename: drivers/Session_files_driver.php

Line Number: 192