पुनर्निर्माण अपडेट

सचिव गेलालद्वारा पदभार ग्रहण

प्रकाशित मिति: २०७७-११-१०

काठमाडौं, फागुन १०
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले पदभार ग्रहण गर्नुभएको छ ।
नेपाल सरकारबाट गत साता प्राधिकरणको जिम्मेवारी प्राप्त गर्नुभएका सचिव गेलालले आज बिहान पदभार ग्रहण गनुभएको हो ।
त्यसअघि प्र.का.अ. सुशील ज्ञवाली, प्राधिकरणका कार्यकारी समिति सदस्यहरु, सहसचिवहरु एवं केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुका आयोजना प्रमुखहरुलगायत प्राधिकरणका कर्मचारीहरुद्वारा उहाँलाई प्राधिकरणमा स्वागत गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सचिव गेलाललाई स्वागत गर्दै उहाँको विषयविज्ञता पुनर्निर्माणका बाँकी कामहरु सम्पन्न गर्नका लागि असाध्यै उपयोगी र सान्दर्भिक हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वागत कार्यक्रममा धारणा राख्दै सचिव गेलालले पुनर्निर्माणका बाँकी कामलाई तोकिएको समयमा सम्पन्न गर्न र केही बाँकी कामलाई उपर्युक्त निकायमा हस्तान्तरण गर्ने कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  
सचिव गेलाल यसअघि राष्ट्रिय सतर्कता केन्द्रको जिम्मेवारीमा हुनुहुन्थ्यो ।  
सोमबार नै प्राधिकरणमा आयोजित एक संक्षिप्त कार्यक्रममा सचिव सुरेश आचार्यलाई बिदाई गरिएको थियो । सचिव आचार्य नेपाल ट्रस्टमा सरुवा हुनुभएको छ ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप