पुनर्निर्माण अपडेट

अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको पहिलो बैठक सम्पन्न

प्रकाशित मिति: २०७६-७-२९

काठमाडौं, कार्तिक २९
नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले आयोजक समितिमा विभिन्न क्षेत्रका प्रतिनिधि मनोनयन तथा सम्मेलनका विभिन्न तयारीबारे छलफल गरेको छ ।
बैठकले विभिन्न विकास साझेदारहरु मध्येबाट ५ जना, नागरिक समाज, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, संचार जगत तथा गैरसरकारी संस्थाहबाट ५ जना मनोनयन गर्दै समितिलाई पूर्णता दिएको छ । विकास साझेदारहरुका प्रतिनिधि प्राधिकरण मातहतको विकास सहायता समन्वय तथा सहजीकरण समितिको बैठकबाट छनौट हुनेछन् ।
भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेख गर्ने उद्देश्यले आगामी वर्ष सन् २०२० को नोभेम्बरमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
बैठकले सम्मेलनमा प्रस्तुत गरिने अनुसन्धानमूलक सामग्रीको छनौट तथा अनुमोदनका लागि गठन गरिने सम्पादक मण्डल, विषयगत समूहहरु तथा पूर्व समीक्षकहरु प्रस्ताव गर्न सचिवालयलाई जिम्मेवारी दिएको सचिवालय सचिव मनोहर घिमिरले जानकारी दिनुभयो ।
त्यसैगरी, सम्मेलनको समय तालिका तयार गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिमा पेश गर्न पनि सचिवालयलाई जिम्मा दिएको छ । सम्मेलनका लागि मूलतः पुनर्निर्माणका पाँचवटा विषगत क्षेत्रहरुमा केन्द्रित सामग्रीहरुका लागि खुल्ला आह्वान गर्ने समझदारी पनि बनेको छ ।
सम्मेलनका सत्रहरु तथा त्यहाँ प्रस्तुत गरिने सामग्रीहरुको विषयगत छलफलका लागि यही मंसिर, पुस तथा माघमा पाँचवटा विषयगत छलफल हुने घिमिरेले जानकारी दिनुभयो ।


 

आयोजक समितिका अध्यक्ष एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण र पुनस्र्थापनाको सिकाई तथा अनुभवको सामूहिक स्मरण होस् भनेर सम्मेलन गर्न लागिएकोले त्यसलाई सफल पार्न सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताउनुभयो ।  
आयोजक समिति सचिवालयका संयोजक एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा.चन्द्रबहादुर श्रेष्ठले बैठकका एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्यहरु धुव्रप्रसाद शर्मा र डा.विष्णुबहादुर भण्डारी, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईं, सोही कार्यालयका सहसचिव केशवराज आचार्य, गृहमन्त्रालयका सहसचिव नारायण दुवाडी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आयार्यको उपस्थिति थियो ।
त्यसैगरी, सहरी विकास मन्त्रालयका सिडिई चक्रवर्ती कंठ, प्राधिकरणका सहसचिवत्रय पिताम्बर घिमिरे, भरतप्रसाद अर्याल, गोपालप्रसाद अर्याल, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक चुडामणि पौडेल, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) आयोजना उपनिर्देशक कोषनाथ अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना उपनिर्देशक नारायण श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप