पुनर्निर्माण अपडेट

पुनर्निर्माणलाई प्रभावकारी बनाउन २९ जिल्लामा अन्तरक्रिया

प्रकाशित मिति: २०७७-१०-१८

काठमाडौं, माघ १८
निजी आवाससहित पुनर्निर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन एवं बाँकी कामहरु निश्कर्षमा पुर्याउने सम्बन्धमा भूकम्प अति प्रभावित ११ र प्रभावित १८ जिल्लामा अन्तरक्रिया सम्पन्न भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सचिव सुरेश आयार्य, कार्यकारी समिति सदस्यहरु, सहसचिवहरु र सहप्रवक्ता नेतृत्वको ११ वटा टोलीले काठमाडौं उपत्यकाका तीनबाहेक सबै जिल्लामा माघ १३ देखि १७ सम्म अन्तरक्रिया गरेको हो ।


ती अन्तरक्रियामा सम्बन्धित जिल्लाको जिल्ला सहजीकरण समितिका पदाधिकारीहरु, सबै नगरपालिकका प्रमुख/उपप्रमुख, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, पालिकाका प्रवक्ता/वडाध्यक्ष, जिल्ला प्रशासनका अधिकारीहरु, बैंकरहरु, साझेदारी संस्था तथा संचारकर्मीहरुको सहभागिता थियो ।
ती कार्यक्रमहरु सम्बन्धित जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सम्पन्न भएका हुन् ।


प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यी अन्तरक्रियामार्फत् केन्द्रमा भएका पछिल्ला नीतिगत निर्णयहरु संप्रेषण गर्न र स्थानीय स्तरमा रहेका केही समस्याहरुबारे जानकारी लिन मद्दत मिलेको बताउनुभयो ।
“अन्तरक्रियापछि खासगरी निजी आवासका बाँकी र अन्य क्षेत्रका आधारभूत कामहरु यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने आत्मविश्वास पैदा भएको छ ।”
माघ १२ गते धादिङ, पर्वत, सिन्धुली, लमजुङ, बाग्लुङ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, खोटाङ र धनकुटमा अन्तरक्रिया भएको थियो । त्यसैगरी, माघ १३ गते पाल्पा, नुवाकोट, तनहुँ र म्याग्दीमा भयो ।


स्याङ्जा, मकवानपुर, गोरखा, काभ्रेपलाञ्चोक, रामेछाप, ओखलढुंगा, भोजपुर र संखुवासभामा माघ १४ गते कार्यक्रम सम्पन्न भयो । त्यस्तै, माघ १५ गते नवलपरासी, रसुवा र कास्कीमा अन्तरक्रिया भए भने माघ १६ गते चितवन र अर्घाखाँचीमा अन्तरक्रिया भएको थियो । माघ १७ गते गुल्मीमा भयो ।
प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाल्पा, नवलपरासी र चितवनमा भएको अन्तरक्रियाहरुमा सहभागिता जनाउनुभएको थियो भने सचिव आचार्य म्याग्दी, अर्घाखाँची र गुल्मीमा भएका अन्तरक्रियामा सहभागी हुनुभयो ।
अन्तरक्रियाबाट आएका सुझावलाई समेटेर जिल्ला, पालिका र वडाको निजी आवास पुनर्निर्माण सम्बन्धी कार्ययोजना तयार भई कार्यान्वयन हुनेछ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप