पुनर्निर्माण अपडेट

जमैकाका मन्त्री बार्टलेटद्वारा पुनर्निर्माण भइरहेको क्षेत्रको अवलोकन

प्रकाशित मिति: २०७६-९-१८

काठमाडौं, पौष १७
नेपाल भ्रमण बर्ष–२०२० को उद्घाटन समारेहमा सहभागी हुन आउनु भएका जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्टलेटले आज पुनर्निर्माण भइरहेका विभिन्न स्थान तथा सम्पदाहरुको अवलोकन गर्नु भएको छ ।
मन्त्री बार्टलेटले आज धरहरा, काठमाडौं दरबार क्षेत्र, दरबार हाइस्कूल, रानीपाखेरी तथा त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको अवलोकन गरी पुनर्निर्माणबारे जानकारी लिनु भएको हो ।


 

अवलोकनका क्रममा उहाँले अझ बलियो र सुरक्षित पुनर्निर्माणबाट आफू प्रभावित भएको र सम्पदा पुनर्निर्माणका क्रममा मौलिकता जोगाउँदा त्यसले पर्यटनमा सकरात्मक प्रभाव पर्ने प्रतिक्रिया दिनुभयो ।  
मन्त्री बार्टलेटले नेपालको पुनर्निर्माण अनुकरणीय भएको प्रतिक्रिया दिनुभयो ।

नेपाल भ्रमण वर्ष–२०२० बुधबारबाट सुरु भएको छ । दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा उपस्थित हुन विभिन्न राष्ट्रका पर्यटनमन्त्री तथा पर्यटन राज्यमन्त्री आउनुभएको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप