पुनर्निर्माण अपडेट

उत्थानशील पूर्वाधार’ सम्मेलन सम्पन्न

प्रकाशित मिति: २०७६-८-५

काठमाडौं, मंसिर ५
राजधानीमा तीन दिनसम्म चलेको ‘उज्जवल भोलिका लागि उत्थानशील पूर्वाधार’ विषयक सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा परामर्शदाता आर्किटेक्ट तथा इञ्जिनियर फर्महरुको समाज (स्केफ) द्वारा आयोजित सम्मेलनमा पुनर्निर्माण तथा उत्थानशील पूर्वाधारका विविध आयाामबारे छलफल भयो ।
सम्मेलनमा पाँचवटा प्राविधिक तथा उद्घाटन सत्रहरुमा दुई दर्जनभन्दा बढी विज्ञहरुले आफ्ना कार्यपत्र प्रस्तुत गर्नु भयो । उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले सम्मेलनको नारा नै रहेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर प्रसाद शर्माले उत्थानशील पूर्वाधारका लागि वित्तीय व्यवस्थाबारे प्रस्तुति दिनुभएको थियो ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका भिजिटिङ प्रोफेसर डा. सूर्य राज आचार्य, एनसेट नेपालका सूर्यभक्त सांघाछे, एडिबीका सिनियर प्रोजेक्ट म्यानेजर नरेश गिरी, शहरी विकास तथा भवन निर्माण विभागका पूर्व महानिर्देशक डा. महेन्द्र सुब्बा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्र बहादुर श्रेष्ठलगायले विविध विषयमा प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा विभिन्न मित्रराष्ट्रका विज्ञहरुले पनि कार्यपत्र प्रस्तुत गर्नुभयो । जाइकाका नेपाल कार्यलयकी मुख्य प्रतिनिधि युमिको आशाकुमा, चीनको चाइनल रेल्वे फस्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटकी क्वीन सुझेन, भारतको कन्सल्टिङ इञ्जिनियर्स एसोसियसनका अध्यक्ष अमिताभ घोषाल, विश्वबैंकका परामर्शदाता नाइजल फिसरलगायतले कार्यपत्र राख्नुभयो ।
सम्मेलनको मंसिर २ गते उप–राष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको थियो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप