Severity: Warning
Message: fopen(/var/www/html/application/config/../sessions/ci_sessione74b3b9d9403fdd10a3f7be00e585ecfcac252ea): failed to open stream: No space left on device
Filename: drivers/Session_files_driver.php
Line Number: 156
काठमाडौं, कार्तिक २
आगामी मंसीरमा आयोजना हुने पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारीस्वरुप राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तर्राष्ट्रिय दातृ समुदाय तथा तथा विकास साझेदारसँग छुट्टा छुट्टै छलफल गरेको छ ।
यसैक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्राधिकरणका कार्यकारी सदस्य तथा सम्मेलन सचिवालयका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठ, प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारी लगायतले विश्व बैंक, युरोपियन युनियन, युनएनडिपी, डिएफआइडी, एडिबी लगायतका पदाधिकारी तथा प्रतिनिधिहरुसँग छलफल गर्नुभयो ।
छलफलमा प्राधिकरणले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा समावेश गरिने विषयवस्तुबारे जानकारी गराउनुका साथै सम्मेलनमा सहभागिताका लागि अनुरोध गरेको छ । छलफलमा सहभागी अन्तर्राष्ट्रिय दातृ समुदाय तथा विकास साझेदारका पदाधिकारी तथा प्रतिनिधिहरुले पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नका लागेकोमा खुशी व्यक्त गर्दै सम्मेलनमा सहभागिताबारे थप छलफल गरेर जानकारी गराउने बताएका थिए ।
कार्यकारी सदस्य डा. श्रेष्ठले स्वदेश तथा विदेशबाट सम्मेलनमा सहभागिता र सफल बनाउनका लागि छलफल अघि बढाएको र आगामी दिनमा पनि छलफललाई निरन्तरता दिने बताउनुभयो ।
Severity: Warning
Message: rewind() expects parameter 1 to be resource, boolean given
Filename: drivers/Session_files_driver.php
Line Number: 188
Severity: Warning
Message: filesize(): stat failed for /var/www/html/application/config/../sessions/ci_sessione74b3b9d9403fdd10a3f7be00e585ecfcac252ea
Filename: drivers/Session_files_driver.php
Line Number: 192