पुनर्निर्माण अपडेट

भूकम्प प्रभावित क्षेत्रमा जीविकोपार्जन कार्यक्रमका अनुभवबारे परिसंवाद

प्रकाशित मिति: २०७६-८-८

काठमाडौं, मंसिर ८
भूकम्प प्रभावित क्षेत्रमा जीविकोपार्जन सम्बन्धी भएका प्रयासहरुका अनुभव तथा वस्तुस्थितिबारे छलफल गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित दुई दिने परिसंवाद कार्यक्रममा जीविकोपार्जनका क्षेत्रमा काम गरिरहेका १५ वटा गैरसरकारी संघ, संस्थाहरुले आ–आफ्नो कार्यपत्र पेश गरेका थिए ।
भौतिकसँगै सामाजिक–आर्थिक पुनस्र्थापनाको पनि काम गरिरहेको पुनर्निर्माण प्राधिकरणको पहलमा मंसिर ५ र ६ गते आयोजित कार्यक्रममा हाल भइरहेको कार्यक्रम, त्यसको प्रभाव तथा चुनौतीबारे छलफल गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित लाभग्राहीको रुची र सीप पहिचान गरी उनीहरुको आवश्यकताअनुसार कार्यक्रम गर्नु उपर्युक्त हुने बताउनुभयो । उहाँले कार्यक्रमहरु संचालन गर्दा स्थानीय तहका जनप्रतिनिधिहरुसँग समन्वय गरेर जान सुझाव पनि दिनुभयो ।
पुनर्निर्माण प्राधिकरणका सचिव शिव हरि शर्माले कार्यक्रम संचालन गर्ने क्षेत्रको संभावना हेर्ने तथा लाभग्राहीका उत्पादनलाई बजारसँग जोड्ने कार्यमा पनि यथोचित ध्यान दिन संघ, संस्थाहरुलाई आग्रह गर्नुभयो ।


 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, एक्सन एड नेपाल, केयर नेपाल, सिआरएस, एमसिसी नेपाल, टियरफण्ड नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै, मर्सी कप्र्स नेपाल, लुमन्ती, प्राक्टिकल एक्सन, आइसिसिओ कर्पोरेसन, कारितास नेपाल, इन्टरनेशनल नेपाल फेलोसिप, लुथरन वल्र्ड रिलिफ, अक्स्फाम र क्रिश्चियन एड नेपालले पनि आफ्नो कामको अवस्थाबारे कार्यपत्रमार्फत् जानकारी गराएका थिए ।
जीविकोपार्जनको क्षेत्र हेरिरहनु भएका प्राधिकरणका कार्यकारी समिति सदस्य डा. विष्णुबहादुर भण्डारीले कार्यक्रममा संभव भएसम्म थप सहयोगका कार्यक्रमको खोजी गरी जोखिमयुक्त वर्गलाई सहयोग गर्न प्रयास गर्ने सझदारी भएको जानकारी दिनुभयो ।
डा. भण्डारीका अनुसार प्राधिकरण र सम्बन्धित गैरसरकारी संस्थाको समन्वयमा प्राधिकरणको बाँकी अवधिमा बढीभन्दा बढी लाभग्राहीलाई सेवा पुग्नेगरी प्रभावकारी ढंगले कार्यक्रम अघि बढाइनेछ ।
जीविकोपार्जनको क्षेत्रमा हाल ३४ वटा गैरसरकारी संस्थाहरुले काम गरिरहेका छन् । उनीहरुले पशुपालन, तरकारी खेती, विउविजनको उत्पादन, बाख्रा खोर सुधार, सिंचाईका पूर्वाधारमा सहयोग, कृषि तथा पशुधनको बिमा, बजारसँग समन्वयलगायतका क्षेत्रमा सहयोग गरिरहेका छन् ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप