A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/www/html/application/config/../sessions/ci_session47dfa5f61d647e69db81d6adc787a5bce784679a): failed to open stream: No space left on device

Filename: drivers/Session_files_driver.php

Line Number: 156

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीद्वारा लालपूर्जा वितरण
 
पुनर्निर्माण अपडेट

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीद्वारा लालपूर्जा वितरण

प्रकाशित मिति: २०७८-६-३

दोलखा, असोज ३

दोलखाको भिमेश्वर नगरपालिका वडा १ मा निर्माण भएको सुस्पाक्षमावती एकीकृत बस्तीका लाभग्राहीलाई जग्गाधनी लालपूर्जाको प्रमाणपत्र वितरण गर्न सुरु गरिएको छ । बस्तीमा आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले नाबालक हिमाल थामीलाई जग्गाधनी दर्ता प्रमाणपत्र पूर्जा प्रदान गर्नु भएको हो ।

यो एकीकृत बस्तीमा ५६ घर निर्माण भएका छन् । २०७२ सालको भूकम्पबाट घर भत्किएपछि थामी परिवारहरु भाडाको जग्गामा टहरा हालेर बसेका थिए । तिनीहरुलाई सरकारी जग्गामा एकीकृत बस्ती निर्माण गरी जग्गाधनी प्रमाणपत्र प्रदान गर्न थालिएको हो ।

 

लाभग्राही कुमार थामीले जग्गासहित घर पाएकोमा खुशी व्यक्त गर्दै एकीकृत बस्ती बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । अर्का लाभग्राही मन थामीले एकीकृत बस्तीपछि आफूहरु आनन्दले सुत्ने वातावरण बनेको बताउनुभयो । उहाँले भन्नुभयो- 'पहिले डर थियो। घर बनेपछि डर छैन । न्यानोमा सुत्न पाएका छौं ।'

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) दोलखाका प्रमुख इन्जिनियर अर्जुन तामाङले अनुदानका साथै सरकारले पूर्वाधार विकासमा सहयोग गरेको बताउनुभयो । एकीकृत बस्तीमा पानी पोखरी, हल, पार्क, स्कूल लगायतको सुविधा छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लालपूर्जासहित घरमा बस्ने वातावरण बन्दा र भूकम्प पीडितको मुहारमा चमक आउँदा आफूलाई आनन्द लागेको बताउनुभयो । उहाँले एकीकृत बस्तीलाई प्रभावकारी रुपमा अघि बढाउन पूर्वाधार, जीवीकोपार्जन लगायतमा प्राधिकरणले सहजीकरण गर्ने बताउनुभयो ।

एकीकृत बस्तीमा दुई दर्जन भन्दा बढी परिवार सरिसकेका छन् । बाँकी  लाभग्राही घरलाई फिनिसिङ गर्दै सर्ने पक्षमा  छन् । दोलखा जिल्ला समन्वय समितिका अध्यक्ष डबल पाण्डेले एकीकृत बस्तीलाई आवश्यक सहयोग गर्न समिति तयार रहेको भन्दै दीर्घकालीन रुपमा बस्तीमा चहलपहल थप्न होमस्टेको अवधारणा अघि बढाउने बताउनुभयो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप

A PHP Error was encountered

Severity: Warning

Message: rewind() expects parameter 1 to be resource, boolean given

Filename: drivers/Session_files_driver.php

Line Number: 188

A PHP Error was encountered

Severity: Warning

Message: filesize(): stat failed for /var/www/html/application/config/../sessions/ci_session47dfa5f61d647e69db81d6adc787a5bce784679a

Filename: drivers/Session_files_driver.php

Line Number: 192