पुनर्निर्माण अपडेट

भारत सरकारद्वारा ३० करोड ६० लाख सोधभर्ना

प्रकाशित मिति: २०७७-९-२२

 

काठमाडौं, पौष २२
भारत सरकारले विद्यालय पुनर्निर्माणको सोधभर्नावापत ३० करोड ६० लाख नेपाली रुपैयाँ उपलब्ध गराएको छ । भारतीय राजदूतावासका उपप्रमुख (डेपुटी चिफ अफ मिसन) नाम्ग्य खम्पाले आज सो रकम बराबरको चेक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हस्तान्तरण गर्नुभएको हो ।
भारत सरकारले विद्यालय पुनर्निर्माणमा ५ अर्ब नेपाली रुपैयाँ (५० मिलियन अमेरिकी डलर) सहयोग गरिरहेको छ । यसअघि ५० करोड रुपैयाँ सोधभर्ना भइसकेको छ ।
भारत सरकारको अनुदान सहयोगमा ७ वटा जिल्लामा ७० वटा विद्यालय र काठमाडौंमा एउटा पुस्तकालयको पुनर्निर्माण हुँदैछ । गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोकमा विद्यालय भवन बन्नेछन् भने काठमाडौं कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको पुनर्निर्माण हुनेछ ।

तीमध्ये आठवटा विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ जसमा ४ वटा हस्तान्तरण नै भइसकेका छन् । ५६ वटा विद्यालय पुनर्निर्माण भइरहेका छन् ।
बाँकी ६ वटा विद्यालयको टेण्डर आह्वान गर्न बुधबार नै भारतीय दूतावासले सहमति दिएको केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले जानकारी दिनुभयो ।  
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्य, सहसचिव गोपाल अर्याल, केन्द्रीय आयोजना कार्यान्व्यन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाको उपस्थिति थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप