पुनर्निर्माण अपडेट

ग्रामीण सडक र मन्दिर पुनर्निर्माणको शिलान्यास

प्रकाशित मिति: २०७६-११-८

काठमाडौं, फागुन ८
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त पाल्पाको डुम्रे–चकल्दी–कुसुमखोला–बुढाखोल्सी जोड्ने सडक पुनर्निर्माणको शिलान्यास गर्नु भएको छ ।
पाल्पाको निजी आवासलगायतका पुनर्निर्माण तथा जनजीवनमा महत्वपूर्ण मानिएको १४ किलोमिटर लामो यो ग्रामीण सडक मूल्य अभिबृृद्ध करसहित १५ करोड ९२ लाख रुपैयाँमा रायमाझी–पिटिआर अधिकारी जेभीले बनाउने छ ।


 

गाभ्रेल स्तरमा पुनर्निर्माण हुने र करिब आठ मिटर चौडा रहने यो सडकको निर्माण अवधि १६ महिना छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यो सडक पुनर्निर्माण भएपछि पुनर्निर्माण कार्यका लागि आवश्यक निर्माण सामग्री ढुवानी गर्न सहज हुने धारणा राख्नु भयो ।
जिल्ला समन्वय समिति पाल्पाकी कार्यवाहक प्रमुख मिरा मरासिनीले सडक पुनर्निर्माण भएपछि सवारी आवतजावतमा सहज तथा छिटो छरितो हुने बताउनु भयो ।
रिब्दीकोट गाउँपालिका प्रमुख नारायण जिसीले सडकले पश्चिम पाल्पाको अधिकांश भूभाग, छिमेकी जिल्लाहरु गुल्मी, अर्घाखाँची जिल्लाको लागि छोटो वैकल्पिक मार्ग हुँदा कृषि उत्पादनका लागि बजारको पहुँचमा सहयोग भई सामाजिक तथा आर्थिक उन्नतिमा टेवा पुग्ने धारणा राख्नुभयो ।

 


 

जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) यो सडक पुनर्निर्माणको योजना कार्यान्वयन गर्ने कार्यालय हो ।  
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दर्लामस्थित लक्ष्मीनारायणको मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।

 


 

यसैबीच, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको उपस्थितिमा रिब्दीकोट गाउँपालिका प्रमुख नारायण जिसीले गाउँपालिकाका अन्य दुईवटा स्थानमा पुनर्निर्माण हुने मन्दिर तथा मन्दिर क्षेत्रको शिलान्यास गर्नु भएको छ । जिसीले रिब्दीकोटमा रहेको मन्दिर एवं बतासेस्थित कालिका मन्दिर क्षेत्रको शिलान्यास गर्नुभएको हो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप