पुनर्निर्माण अपडेट

भारतीय सहयोगमा पुनर्निर्मित ४५ हजार घर हस्तान्तरण

प्रकाशित मिति: २०७६-१०-७

काठमाडौं
भारतले आफ्नो सहयोगमा गोरखा र नुवाकोटमा पुनर्निर्माणका भएका ४५ हजार वटा निजी आवास हस्तान्तरण गरेको घोषणा गरेको छ । मंगलबार एक भिडिओ कन्फेरेन्समार्फत् प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा सम्बन्धित लाभग्राहीहरुलाई हस्तान्तरण गर्नु भएको हो ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले गोरखा र नुवाकोटमा ५० हजार निजी घरहरु भारत सरकारको अनुदान सहयोगमा बनिरहेको थाहा पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “मलाई संझना छ, सन् २०१५ को भूकम्पपछि तपाईंको नेतृत्वमा भारत सरकारले कति शीघ्र र स्वाभाविक रुपमा प्रभावित व्यक्तिहरुको राहत तथा उद्दारका लागि स्रोतको परिचालन गरेको थियो ।”
प्रधानमन्त्री ओलीले यी परियोजनाहरुका लागि भारतका प्रधानमन्त्री मोदी र उहाँको सरकारलाई धन्यवादसमेत दिनुभयो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भूकम्पपछिको पुनर्निर्माणमा आफ्नो नेपाली मित्रसँग् काँधमा काँध मिलाएर खडा भएको उल्लेख गर्दै निकट छिमेकी र मित्रका नाताले यो आफ्नो कर्तव्य भएको बताउनुभयो ।


 

भारतका प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारत–नोपल सहयोग अन्तर्गत ५० हजारमध्ये ४५ हजार घरहरुको निर्माण भइसक्नु निकै सन्तोषको विषय हो । मलाई आशा छ, बाँकी घहरुको पुनर्निर्माण पनि छिटै पूरा हुनेछ । र, ती घरहरु नेपाली दाजुभाइ–दिदीबहिनीलाई छिटै हस्तान्तरण गर्न सकिनेछ ।”
भारतका प्रधानमन्त्री मोदीले गोरखा र नुवाकोट जिल्लामा घरहरुको पुनर्निर्माणको राम्रो प्रगति देख्दा आफूलाई निकै सन्तोष मिलेको उल्लेख गर्नुभयो ।  
भारतको गोरखा र नुवाकोटका ५० हजार घरको पुनर्निर्माणका लागि कूल १५ अर्ब सहयोगमा गर्दैछ । भारतले दिएको रकम सरकारले भूकम्पपीडित लाभग्राहीलाई अनुदानका रुपमा उपलब्ध गराउँछ । १५ अर्ब रुपैयाँमध्ये १० अर्ब अनुदानको हो भने ५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग अन्तर्गत हो ।
पचास हजार घरमध्ये गोरखामा २६ हजार ९ सय १२ र नुवाकोटमा २३ हजार ८८ घरको पुनर्निर्माण हुनेछन् । भारतले भूकम्पपछि २५ अर्ब बराबरको अनुदान र ७५ अर्ब बराबरको सहुलियत ऋणको प्रतिबद्धता गरेको थियो ।
उक्त भिडिओ कन्फेरेन्समार्फत् भारतको सहयोगमा मोरङस्थित विराटनगर महानरनगरपालिकाको बुधनगरमा बनेको एकीकृत जाँच चौकी (आईसीपी) नेपाललाई हस्तान्तरण गरिएको थियो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप